राप्रपाको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

राप्रपाको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद् बैठकमा अवरोध गरेका छन्। संसद बैठक सुरु हुनेबितिकै राप्रपाका सांसदहरूले उठेर बोल्न समय माग गरेका थिए ।

तर, सभामुख देवराज घिमिरेले प्रीबजेटमा छलफललाई समयमै सक्‍नुपर्ने भएकाले आकस्मिक र विशेष समय नराखिएको जानकारी दिएपछि राप्रपा सांसदहरूले आफूले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन्।

 उनीहरूले बैठकमा आकस्मिक र विशेष समयको माग गरेका थिए।

रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेका लागि संसद बैठक स्थगित गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.