सहिद भीमनारायण गोल्डकप : प्लानिङ ब्वाइज उपाधि नजिक

सहिद भीमनारायण गोल्डकप : प्लानिङ ब्वाइज उपाधि नजिक

धनकुटा : बी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आइतबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा विराटनगरको पेमा युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समय गोलरहित बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा प्लानिङ ब्वाइजको तर्फबाट विशाल दर्जी, ड्याडी वाम्बा, राजेश शाह, रिशव अधिकारी, यो निपोलियनले गोल गरेका थिए। 

त्यस्तै पेमाको तर्फबाट भीष्म क्षेत्री, सजिन थापा मगर, रिम, र यानिकले गोल गरेका थिए। भने विवेश राईको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर लोकेश चौधरीले रोकेका थिए। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ४ हजार सहित ट्रफी हात पारे। 

पहिलो र दोस्रो हाफमा दुवै टिमका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके। प्लानिङ ब्वाइजका फागुराम थारुले पटक-पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। उनलाई पेमाका डिफेन्डरले रोकेका थिए। 

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सोमबार झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड क्लब बीच हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए।  

प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने छ।  

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन। 

२०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका-६ का तत्कालीन वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.