वीरगञ्ज युनाइटेड सहिद भीमनारायण गोल्डकपको फाइनलमा

वीरगञ्ज युनाइटेड सहिद भीमनारायण गोल्डकपको फाइनलमा
सुन्नुहोस्

धनकुटा : अमर डंगोलले गरेको एक मात्र निर्णायक गोलको मद्दतमा वीरगञ्ज युनाइटेड क्लब सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

सोमबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा झापा फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेड फाइनलमा प्रवेश गरेको हो। उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए।  

दाँया कर्नरको डिवक्स एरिया बाहिरबाट कृपा चौधरीले उपलब्ध गराएको पासलाई अमरले हेडमार्फत गोल गरेका थिए। 

वीरगञ्जले उपाधिका लागि मंगलबार प्लानिङ ब्वाइज क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। सहिद भीमनारायण गोल्डकपको फाइनल पुगेका दुवै टिम वी डिभिजन क्लब हुन्। 

झापाका खेलाडीले पाएको अवसरलाई सदपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिन पुग्यो। पहिलो हाफमा वीरगञ्जको तुलनामा झापाले आक्रमण गरेको थियो। प्रदिप बुढाथोकी र पुजन राईले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। 

दोस्रो हाफमा पनि झापाले वीरगञ्जको पोष्टमा लगातार आक्रमण गरेको थियो। तर वीरगञ्जले रक्षापंती खेलेपछि खेलमा कुनै गोल हुन सकेन। खेलको म्यान अफ द म्याच अमर डंगोल घोषित भए। उनले नगद ४ हजार सहित ट्रफी प्राप्त गरे।  

प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने छ।  

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन। 

२०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका-६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.