चट्याङ लागेर घाइते तीन यार्सागुम्बा संकलकको चार दिनपछि उद्धार

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा संकलकको चार दिनपछि उद्धार
सुन्नुहोस्

दार्चुला : दार्चुलामा यार्सागुम्बा संकलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ।

घाइते यार्सा संकलकहरूको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

चट्याङबाट घाइते यार्सागुम्बा संकलकहरूको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए। 

उनीहरू गाउँलेसँगै यार्सागुम्बा सङकलनका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.