एमालेले पाठ्यक्रम बनाएर असारदेखि स्कुल पुन : सञ्चालन गर्ने

एमालेले पाठ्यक्रम बनाएर असारदेखि स्कुल पुन : सञ्चालन गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने भएको छ। पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको विभागको बैठकले स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो। 

बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले बताए। पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी पार्टीको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो। 

स्कुल विभागको बैठकमा यही जेठ ११ र १२ गते हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कार्यशालाको तयारीका विषयमा पनि छलफल भएको छ। विभागले उक्त कार्यशालाको सहजीकरण गर्दै छ। 

स्थानीय तहमा बजेट निर्माणको समय भएकाले कार्यशालामा बजेटका प्राथमिकता निर्धारणका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने छ। काठमाडौंमा हुने कार्यशालामा पार्टीबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ। स्कुल विभागले गत वर्षदेखि नै स्कुल (प्रशिक्षण) सञ्चालन गर्दै आएको छ।

संसदीय निर्वाचन र पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटका कारण रोकिएको स्कुल असारदेखि पुनः सञ्चालन गर्न लागिएको हो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.