भुटानी शरणार्थी प्रकरण

प्रधानमन्त्री प्रचण्डको आग्रह : ओली र देउवासँगको बैठकलाई शंकाको दृष्टिकोणले नहेरिदिनुस्

प्रधानमन्त्री प्रचण्डको आग्रह : ओली र देउवासँगको बैठकलाई शंकाको दृष्टिकोणले नहेरिदिनुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न मात्रै बस्ने गरेको बताएका हुन्।

केपी शर्मा ओली, शेरबहादुर देउवा र आफ्नो नक्कली भुटानी शरणार्थी प्रकरणमा भित्र र बाहिर दोषीलाई कारबाही र निर्दोष नफसुन् भन्ने नै रहेको जानकारी गराए। प्रचण्डले आन्दोलनलाई सामसुम पार्न र कसैलाई बचाउन शीर्ष नेताको बैठक नबसेको प्रष्ट पारे। null

उनले भने, ‘सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न हामी बैठक बसेका हौं। शंकाको दृष्टिकोणले नहेरौं। परिवर्तनलाई उल्टाउने दुस्साहस भइरहेको हामीले महसुस गरेका छौं। परिवर्तनको रक्षाका लागि योगदान पुर्‍याएका प्रमुख दलहरु मुख्यतः सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न नै हो। यसमा शंका गर्नुपर्ने कारण छैन। ’ 

उनले अनुसन्धानका क्रममा दोषी देखिएकालाई हदैसम्मको कारबाही हुने बताए। प्रचण्डले भारत भ्रमणबाट नयाँ रेकर्ड बनाउने कोसिस हुनेसमेत बताए। उनले भने, ‘मैले निकट भविष्यमानै भारत भ्रमण गर्दैछु। त्यो भ्रमणबाट नयाँ रेकर्ड बनाउने कोसिस हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.