खुला सीमा व्यवस्थित गर्न कोशीका मुख्यमन्त्रीको माग

खुला सीमा व्यवस्थित गर्न कोशीका मुख्यमन्त्रीको माग
सुन्नुहोस्

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल-भारत र चिनको खुला सीमा व्यवस्थित गर्न माग गरेका छन्। उनले खुला सीमानाका कारण हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र ब्यपारिक सम्बन्ध मजबुत बनाउन खुला सीमा व्यवस्थित गर्न जरुरी भएको बताए। 

२४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सुनसरीको इटहरी स्थित बराह बाहिनी पकलीमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उच्च मनोबलका साथ कार्य सम्पादन गरेको बताए। खुला सीमा नाकाहरूमा न्युन स्रोत साधनका बावजुद पनि सशस्त्र प्रहरीले देश र जनताको जीउधनको सुरक्षा प्रधान गरेकोमा सशस्त्र प्रहरी कर्मचारीहरूलाई उनले धन्यवाद दिए। 

सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सशस्त्रका बीपीहरूलाई सुविधा सम्पन्न बनाउन र प्रहरीको दरबन्दी विस्तार गर्न पनि कार्कीले सुझाव दिएका छन्। खुला सीमानाका कारण कोशी प्रदेशका सुनसरी मोरङ, झापा, इलाम पाँचथर तथा चीनसँग सीमा जोडिएका संखुवासभा र सोलुखुम्बु जिल्लाको सीमा क्षेत्रलाई व्यवस्थित गर्न मुख्यमन्त्री कार्कीले माग गरेका छन्। खुला सीमानाका कारण तीनै देशका नागरिकलाई सीमित स्वार्थपूर्ति हुने भए पनि यसले दिर्घकालिन असर गर्ने भएका कारण खुला सीमाना व्यवस्थित गरी देशको शान्ति सुरक्षा मजबुत बनाउनु पर्ने कार्कीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.