माछापुच्छ्रे बैंक खाताबाटै ९ लाख गायब

माछापुच्छ्रे बैंक खाताबाटै ९ लाख गायब
फाइल तस्बिर।
सुन्नुहोस्

बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादवले भने बैंकका शाखा प्रमुख दास जवाफदेही नदेखिएको बताए।

रौतहट : माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको छ। आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका-३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो। 

गत शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो। बृन्दावन नपाका पूर्व वडाध्यक्षसमेत रहेका सेवाग्राही यादवको खाताबाट रकम हराएपछि आइतबार दिनभर स्थानीयले बैंकमा भेला भएका थिए। गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए।

शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेज समेत आएको थियो। आइतबार ८ लाखको चेक लिएर साट्न गएका सेवाग्राही यादवले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए।

बैंकका कर्मचारीले ह्यकरले झिकेको हुन सक्ने बताएका छन्। माछापुच्छे बैंकका चन्द्रपुर शाखा प्रमुख रामजी दाससँग बुझ्दा प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिएका छन्। शाखा प्रमुख दासले भने ‘ह्याकरले सेवाग्राही यादवको खाताबाट पैसा तानेको छ, यसमा हामि केही गर्न सक्दैनौ।’

शाखा प्रमुख दासले खातावालालाई आफैं पत्ता लगाउनु भने पछि बैंकमा पीडितका आफन्तले बैंकले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको गुनासो गरेका छन्।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोलीले रकम हराएको घटनामा अनुसन्धान थालेको छ।

खातावाला पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन्। खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउँदासमेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाई छ।

सेवाग्राहीको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको पाइएको छ। खातावाला यादवको खाताबाट रकम सिटिजन बैंक , सानीमा बैंकमा ट्रान्सफर भएको शाखा प्रमुख दासले बताए।

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपि एकनारायण कोईरालाले सेवाग्राही यादवको खाताबाट रकम हराएको विषयमा  अनुसन्धान शुरु गरेको जानकारी दिए। बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादवले भने बैंकका शाखा प्रमुख दास जवाफदेही नदेखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.