बाघ हेर्ने पर्यटक बढे

बाघ हेर्ने पर्यटक बढे
बाँके राष्ट्रिय निकुञ्जको गणनामा भेटिएको पाटे बाघ। तस्बिर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज
सुन्नुहोस्

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ (बेंगोल टाइगर) पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्।

 नेपालगन्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा २० हजार पर्यटक आउन सक्ने आंकलन थियो। यो आवको दुई महिना बाँकी रहँदै लक्ष्यभन्दा झन्डै दुुई हजार पर्यटक पुगेका छन्। अर्थात वैशाख मसान्तसम्म बर्दियामा २१ हजार ८८९ पर्यटकले अवलोकन गरेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक भण्डारी बाघ हेर्न निकुञ्ज आउने पर्यटक बढेको बताउँछन्। भण्डारी दाबी गर्छन्, ‘बर्दिया आएका पर्यटकमध्ये ९० प्रतिशतले बाघ देखेका छन्।’ अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, फिनल्याण्ड लगायतका देशबाट बर्दिया आउने पर्यटकको मुख्य रुची नै बाघ हेर्नु रहेको छ। 

निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि भएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २१ हजार ९८९ पर्यटक आएका छन्। जसमा ५ हजार ९९९ विदेशी, १ हजार नौ जना सार्क मुलुकका र १४ हजार ९९१ जना नेपाली रहेका छन्।

]आव ०७८/०७९ मा स्वदेशी १३ हजार ५९ जना, सार्कका ९०१ जना र विदेशी दुई हजार ३१९ जना आएका थिए। जबकी चालु आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा विदेशी पर्यटक झन्डै तेब्बर आएका छन्। निकुञ्जमा आएका पर्यटकमध्ये झन्डै एक तिहाइ विदेशी छन्। 

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ (बेंगोल टाइगर) पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्। निकुञ्जमा बाघका अलावा लोपोन्मुख कृष्णसार पनि खैरापुरमा रहेको छ। कर्णाली नदीमा डल्फिन हेर्न पाइन्छ। बाघको आहाराजन्य प्रजाति चित्तलहरू एशियामै सबैभन्दा बढी पाउने ठाउँ भनेर पनि बर्दियालाई चिनिन्छ। 

बाघ संरक्षणकै लागि स्थापना गरिएको देशकै कान्छो बाँके निकुञ्जमा पनि पछिल्लो गणनामा बाघको संख्या २५ पुगेको छ। बाँकेमा दुई आर्थिक वर्षमा आएका विदेशी टोलीले बाघ भेटेका थिए। गत वैशाखको पहिलो साता तीन जना स्वीस नागरिकले बाँके निकुञ्जभित्र पाटेबाघको फोटो खिच्न भ्याएका थिए। एक वर्षअघि दुई जना अमेरिकन सम्मिलित टोलीले पनि मुगुवा खोला क्षेत्रमा पानी खान आएको अवस्थामा पाटेबाघ भेटेका थिए। बाँके निकुञ्जका वार्डेन श्यामकुमार शाह निकुञ्जको गस्तीमा जाने नेपाली सेना, गेम स्काउट र निकुञ्जका कर्मचारीको टोलीले त नियमित रुपमा बाँके निकुञ्जमा बाघ 
देखिरहेको बताउँछन्। 

निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालका अनुसार चालुु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ विदेशी, २ सार्क देशकासहित २५० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन्। बर्दिया निकुञ्जमा हात्ती सफारी रोकिएको छ। बाँके निकुञ्जमा भने हात्ती सफारी गर्न पाइन्छ। निकुञ्जमा चालु आवमा १८४ जनाले हात्ती सफारी गरेका छन्। बाँकेमा भने अघिल्लो वर्ष भन्दा चालु आवमा पर्यटकको संख्या घटेको छ। 

आव ०७८/७९ मा २ विदेशी, ३ सार्क देशका गरी ३१० जना पर्यटकले बाँके निकुञ्जमा अवलोकन गरेका थिए। बाँके निकुञ्जमा बाघको अलावा लोपोन्मुख चौका हेर्न पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.