सगरमाथामा 'रेकर्ड ब्रेक'को रोचक प्रतिस्पर्धा

सगरमाथामा 'रेकर्ड ब्रेक'को रोचक प्रतिस्पर्धा

ओखलढुंगा : सगरमाथा आरोहणको कीर्तिमानी कायम गर्न प्रतिस्पर्धा चलेको छ। दुई विख्यात आरोहीबीच जोखिमपूर्ण आरोहणको प्रतिस्पर्धाले चिसो सगरमाथाको तापमान गर्माएको छ। जोखिम उठाउन र कीर्तिमानी कायम गर्न विख्यात आरोही कामीरिता शेर्पा र पासाङ दावा शेर्पाबीच सगरमाथाको चुचुरोमा होडबाजी चलेको हो।

 
सबैभन्दा बढी पटक सगरमाथा चढेको रेकर्ड कायम गरेका कामीरिताको रेर्कडमा अर्का आरोहीले पासाङ दावाले सोमबार बराबरी गरे। उनले यस अघि यही सिजनमा सगरमाथा आरोहण गरेर कामिरिताको २६औं रेकर्डलाई बराबरी गरेका थिए। 

कामीरिताले जेठ ३ मा २७औं पटक चढेर बनाएको कीर्तिमानी फेरि ५ दिनपछि पासाङले अर्को पटक आरोहण गरेर फेरि बराबरी गरे। आफ्नो नामको रेकर्डमा बराबरी गरेपछि सोमबार फेरि कामीरिताले २८औं पटक आरोहणका लागि कम्मर कसे। उनले मंगलबार बिहान ९ बजेर २० मिनेट जाँदा आरोहण गरेको सेभेन समिटका मिङ्मा शेर्पाले जानकारी दिए। शेर्पाले जेठ ३ गते पनि सेभेन समिट एक्सपीडिनबाट आरोहण गरेका थिए। 

‘रेकर्ड ब्रेक’को रोचक प्रतिस्पर्धा 
हिमाल आरोहणमा प्रतिस्पर्धा र रेकर्ड ब्रेक विगतदेखि हुँदै आएका छन्। वसन्त सिजनको यो आरोहणमा भने ‘भेट्रान’ आरोहीद्वय पासाङ र कामीरिताको रोचक लुकामारी चल्यो। उनीहरूले एक अर्काको रेकर्डमा ब्रेक लगाउने प्रतिस्पर्धा हिमाल आरोहणका दुःख बिर्साउने खालका छन्। 

रोचक त के छ भने दुवै जिल्लाबासी शेर्पा दाजुभाइ हुन्। उनीहरू दुवै विश्वमा चर्चित आरोही र माउन्टेन गाइड पनि हुन्। कामीरिता सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामे गाउँमा सन् १९७० मा जन्मिएका हुन्। उनले ५३ वर्षको हुँदा यो सिजनमो २०८० जेठ ३ गते बुधबार विहान ८:३० बजे २७औं पटक र जेठ ९ गते बिहान ९:२० बजे २८औं पटक सगरमाथाको सफल आरोहण गरे।

उनले सबैभन्दा धेरै २८औं पटक सगरमाथा, आठ हजारभन्दा बढी उचाइका हिमालहरू0मा आठ पटक चोयू, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ४० पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन्। 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पा २२ वर्षको उमेरदेखि हिमाल चढ्न थालेका थिए। सगरमाथाको चुचुरोमा भने उनी पहिलोपटक सन् १९९४ मा २४ वर्षको उमेरमा आरोहण गर्न सफल भएका थिए। त्यसयता सन् २०२३ सम्ममा उनले २८औँ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। 

त्यस्तै अर्का विख्यात आरोही ४६ वर्षीय पासाङ दावा शेर्पाले सोमबार बिहान ८:३० बजे २७औं पटक सगरमाथा आरोहण गरेर कामीरितासँग बराबरी गरेका थिए। उनको आरोहणपछि कामीरिता पुनः आरोहण गरेर २८औं पटक आरोहण गर्ने आरोही बनिसकेका छन्। 

पासाङ पनि सोलुखुम्बु जिल्लाको पाङ्बोचेका बासिन्दा हुन्। उनीहरूबीच विगतदेखि  नै सगरमाथामा कीर्तिमानी कामय गर्ने होडबाजी छ। इमेजिन नेपाल ट्रेक्सका प्रबन्ध निर्देशकसमेत रहेका उनी २७औं आरोहण गर्ने विश्वको दोस्रो व्यक्ति बन्न सफल भएका छन्। उनले यही सिजन मे १४ मा हंगेरीका मार्टन पिटर प्राइससँग सगरमाथा आरोहण गरेका थिए। 

उनको यो रेकर्ड कामीरितासँग बराबर भएपछि कामीरिताले मे १७ मा २७औं पटक आरोहण गरे। उनको रेकर्ड पनि पासाङले मे २२ मा बराबरी गरिदिएका थिए। यसरी वसन्त सिजनमा दुई शेर्पा दाजुभाइको चिसो सगरमाथामा भएको तापयुक्त आरोहण प्रतिस्पर्धा सञ्चारमाध्यममा पनि हट केक बनेको छ। 

हरेक दिन सगरमाथा हेरेर हुर्किएका उनलाई सगरमाथासँग मज्जाले मायाप्रेम बसेको उनको आरोहणको शिलशिलाले पुष्टि गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.