तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने
तानसेन : तानसेन नगरपालिकाको आयोजना स्विस सरकारको सहयोगमा यही जेठ १२ तानसेनमा रोजगार मेला सञ्चालन हुने भएको छ। तानसेन नगरपालिकाले पत्रकार सम्मेलन गरी वडा-४ मखनटोल दरबार क्षेत्रमा रोजगार मेला गर्न लागेको नगर प्रमुख सन्तोषला श्रेष्ठले जानकारी दिए।
रोजगार मेलामा शिक्षा तथा युवा खेलकुद विकास समितिका संयोजक प्रदिप खनालले रोजगार मेलाको उद्देश्य, अवधारण, हालको अवस्थाबारे जानकारी दिएका थिए। मेला आएका बेरोगार युवाहरूले आफ्नो रोजाईको काममा फर्म भरी तत्कालै रोजगारी पाउने व्यबस्था मिलाएको संयोजक खनालले बताए।
रोजगार मेलाको प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ।
तानसेन नगरपालिकका बेरोजगार जनतालाई लक्षित गरेर मेलाको आयोजना गरिएको उपाध्यक्ष प्रतिक्षा गाहा सिंजालीले बताइन्। तानसेनको ढाका, करुवा, होटल, कृषि तथा पशुपालन क्षेत्रमा मेला केन्द्रित रहने छ।
मेलामा करिब २ हजार ५ सय जनाले अवलोकन गर्ने लक्ष्य नगरपालिकाले लिएको शिक्षा अधिकृत कोपिला न्यौपानेले बताइन्। मेलामा ३५ वटा तानसेनका उद्योग व्यवसायी, परामर्शदाता तथा रोजगारी तालिम दिने संस्थाका स्टलहरू रहनेछन्।
प्रतिक्रिया दिनुहोस !