यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ

दैलेख : यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ परेका छन्। प्रहरीले सदरमुकामस्थित दुईवटा होटलका सञ्चालकलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने पक्राउ परेका छन्।

नारायण नगरपालिका–८ ढकाने घर भएका न्यौपानेले होटल सञ्चालन गरिरहेका थिए। न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै पक्राउ गरिएको डीएसपी लम्सालले बताए। 

यस्तै सदरमुकामस्थित आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल पक्राउ पनि परेका छन्। आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए। 

पक्राउ परेका न्यौपाने र कटुवालमाथि दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको डीएसपी लम्सालले  बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.