देशलाई आर्थिक अवस्थाबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल

देशलाई आर्थिक अवस्थाबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल
सुन्नुहोस्

तानसेन : राष्ट्रिय जनमोर्चा नेपालकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघीयताको कारण देश आर्थिक रूपमा टाट पल्टिदै गएकाले तुरुन्तै खारेज गर्नुपर्ने बताएकी छन्।  

राष्ट्रिय जनमोर्चा नेपालले जेठ १ गतेदेखि सुरु गरेको मेची महाकाली अभियानका क्रममा टोलीको नेतृत्व गर्दै पाल्पा आएकी उपाध्यक्ष पौडेलले पत्रकार सम्मेलमा संघीयताको कारण दिनहुँ विकास बजेट घट्दै गएको, चालू खर्च बढ्दै गएको अहिले कर्मचारीहरूलाई समेत तलब खुवाउन सरकारलाई धौधौ परेकाले संघीयता खारेज गर्नुपर्ने बताइन्। 

'हाम्रो जस्तो सानो देशका लागि संघीयता आवश्यक छैन। अहिले ठूला पार्टीका नेता तथा कार्यकर्ताका भर्ती केन्द्रका रूपमा प्रदेश संरचना स्थापित हुँदै गएको छ', उनले भनिन्।

नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको एकात्मक शासन प्रणाली नै उपयुक्त भएको उपाध्यक्ष पौडेलको भनाइ छ। 

प्रदेश संरचनाको कारण वार्षिक अर्बौ रकम भौतिक पूर्वाधार निर्माणदेखि मन्त्री, कर्मचारीहरूको तलब व्यवस्थापनमा खर्च हुँदै आएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.