सगरमाथा आरोहणको ७० वर्षमा ७८५१ जनाले चुमे शिखर

सगरमाथा आरोहणको ७० वर्षमा ७८५१ जनाले चुमे शिखर
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथामा ७० वर्षको इतिहासमा साढे ७ हजार बढीले शिखरमा पाइला टेकेका छन् । सन् १९५३ मे २९ मा पहिलो पटक मानव पाईला पुगेको दिनदेखि हालसम्मको अवधिमा करिब ७ हजार ८ सय ५१ जनाले शिखर चुमेको पर्यटक विभागको तथ्यांक छ । 

विभागका सूचना अधिकारी सर्यप्रसाद उपाध्यायका अनुसार सन् २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा करिब ६ सय जनाले आरोण गरेको गरेका छन् । यस सिजनमा १३ जना आरोहीले सगरमाथा क्षेत्रमा ज्यान गुमाएका छन् । जसमा नेपालका ५ जना, मलेसियाका २ जना, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अस्ट्रेलियाका १/१ जना छन् । तिमध्ये १० जनाको शव उद्धार भइसकेको छ भने ३ जनाको शव उद्धार हुन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । 

यद्यपी सगरमाथामा मानव पाइला पुगेको ७० वर्षको इतिहासमा कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कुनै पनि सरकारी निकायसँग नभएको विभागले जनाएको छ । जसका लागि विभिन्न एजेन्सीहरुसँगको समन्वयमा गरेर  तथ्यांक सकंलन भइरहेको विभागका सूचना अधिकारी उपाध्यायले बताए । ७० वर्षमा झण्डै ३०० जनाले सगरमाथामा ज्यान गुमाएको एजेन्सीहरुको तथ्यांक छ । नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो। 

२९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए। नेपालले त्यही दिन (२९ मे) लाई सन् २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउन सुरु गरेको हो। अहिले सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटरले अग्लिएको छ। नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो। सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.