भैरहवा : सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने भएको छ। दुई पटक उद्घाटन भइसकेको सेजमा क्रमशः उधोगहरू स्थापना भइ सञ्चालन भइरहे पनि अझैं पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भैरहवा सेजलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि समावेश गरिएको बताए ।
५२ विघा क्षत्रफलमा फैलिएको भैरहवा सेजमा १४ सय देखि ३७ सय वर्ग मिटरसम्मका सेजमा कुल ६८ वटा प्लट छन् । जसमा सातवटा उधोग सञ्चालनमा छन् भने दुईवटा उधोगले पूर्वाधार निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
