प्रचण्ड-मोदीले नेपालगञ्ज एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्दै
![प्रचण्ड-मोदीले नेपालगञ्ज एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्दै](https://annapurnapost.prixacdn.net/media/albums/received_175263782176024_95SjbrsLOE_1oaN95HjxG.jpeg)
काठमाडौं : नेपालगञ्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी बिहीबारबाट सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्ने भएका हुन्।
अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण पूर्वाधार भनिने एकीकृत जाँच चौकीमा नेपाल र भारत दुवैपट्टि एकै किसिमका पूर्वाधार हुनेछन्। जाँच चौकी भारत सरकारले बनाइदिएको हो। जाँच चौकी नेपालगञ्ज र भारतको रुपईडियामा अवस्थित छ।
नेपाल पट्टि ६० बिघामा फैलिएको जाँचचौकीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, तौल नाप्ने पुल आदि पूर्वाधार तयार भएको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए।
नेपाल भारत सीमामा वीरगञ्ज, बिराटनगर र भैरहवामा एकीकृत जाँचचौकी सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)