स्याङ्जाको सतौंचण्डीस्थानमा प्याराग्लाइडिङ उडान परीक्षण सफल
![स्याङ्जाको सतौंचण्डीस्थानमा प्याराग्लाइडिङ उडान परीक्षण सफल](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_m1fOTVCdQU_1iPGaOj4Y3.jpg)
स्याङ्जा : पुतलीबजार नगरपालिका-१४, सतौंचण्डीमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको छ।
शुक्रबार ९ जनाले प्याराग्लाइडिङ गरेका छन्। बाबु एडभेन्चर क्लबले गरेको परीक्षण सफल भएसँगै अबदेखि यहाँबाट प्याराग्लाइडिङ उडान गरिने भएको छ।
जिल्लाका ६ स्थानमा प्याराग्लाइडिङ टेक अफ साइड र ल्याण्डका लागि ९ स्थान निर्धारण भइसकेको छ।
क्लबका संस्थापक एवं प्याराग्लाइडर सानुबाबु सुनुवार र क्लवका अध्यक्ष कृष्णजंग केसी लगायतको ९ जनाले पालैपालो यहाँबाट प्याराग्लाइडिङ गरेर तोकिएको स्थलमा ल्याण्ड गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)