लागूऔषधसहित एक जना पक्राउ
स्याङ्जा : लागूऔषधसहित ५० वर्षीय दिनेश महर्जन पक्राउ परेका छन्।
पुतलीबजार नगरपालिका-४ रामकोशमा सवारी साधन चेकजाँचका क्रममा लागूऔषधसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नम्बरको बस चेकजाँच गर्दा भक्तपुर घर भै पोखरा बस्दै आएका महर्जन पक्राउ परेका हुन्।
महर्जनको साथबाट दुई एमएलको झोलसहितको फेनेरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल र डाईजेपाम ६४ एम्पुलगरी जम्मा १ सय ९२ थान एम्पुल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।