नगरपालिकाले एसईईमा उत्कृष्ट सात जना विद्यार्थीलाई पुरस्कृत गर्ने

बझाङ : बझाङको बुंगल नगरपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई पुरस्कृत गर्ने भएको छ।
नगरपालिकाले २०७८ सालमा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएका सात जनालाई जनही १० हजार सात सय पुरस्कार प्रदान गर्ने बुंगल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले बताए।
नगरपालिका भित्रका विद्यालयमा पढाइ गरेर एसईईमा उत्कृष्ट स्थान प्राप्त गरेका तीन जनाको लागि नगरपालिकाले ७५ हजार बजेट विनियोजन गरेको भए पनि सात जना विद्यार्थीको समान जीपीए आएकाले सातै जनालाई पुरष्कृत गर्ने शिक्षा शाखा प्रमुख गोपाल कुवँरले बताए।
पुरस्कृत भएका विद्यार्थीहरूले उक्त रकम पहिले नै पाउनुपर्ने भएपनि नगरपालिकाले विभिन्न कारण देखाउँदै पुरस्कार वितरणमा ढिलाइ गरेको छ।
प्रतिक्रिया दिनुहोस !
