चापाकोट नगरपालिकाबाट पनि श्रम स्वीकृति
![चापाकोट नगरपालिकाबाट पनि श्रम स्वीकृति](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ISZLXFeTaZ_dwPLwzwmkX.jpg)
स्याङ्जा : रोजगारका लागि विदेशमा जानेका लागि चापाकोट नगरपालिकाले श्रम स्वीकृति सेवा सुरु गरेको छ।
नगरप्रमुख देवबहादुर खाँणले सोही नगरपालिका-८ का भुवनप्रसाद ढकाललाई आइतबार पहिलो श्रम स्वीकृति सेवा उपलब्ध गराएर सेवा सुरु गरेका हुन्।
वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि सहज एवं पारदर्शी सेवा प्रवाहका लागि स्थानीय पालिकाबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरूप नगरपालिकाले श्रम स्वीकृति एवं पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको नगरप्रमुख खाँणले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)