गेटा मेडिकल कलेज कि विश्वविद्यालय ?

गेटा मेडिकल कलेज  कि विश्वविद्यालय ?
कैलालीके गेटामा मेडिकल विश्वविद्यालको माग गर्दै प्रदेश प्रमुखको कार्यालय बाहिर धर्नामा बसेका आन्दोलनकारी । तस्बिर : शिवराज भट्ट
सुन्नुहोस्

धनगढी : नीति तथा कार्यक्रम र  बजेट वक्तव्यमा फरक/फरक कुरा आएको भन्दै सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको छ ।  संघर्ष समितिका पदाधिकारी र सर्वसाधारणले बिहान साढे १० बजेदेखि ११ बजेसम्म आधा घण्टा प्रदेश प्रमुख देवराज जोशीको कार्यकक्ष बाहिर धर्ना दिएका हुन् ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले संसदमा सम्बोधनका क्रममा गेटा मेडिकल कलेज प्रतिष्ठान कि विश्वविद्यालयबारे प्रष्ट कुरा नगरेको भन्दै उनीहरुले आन्दोलन जारी राखेका छन् । अर्थमन्त्री महतले गेटामा मेडिकल विश्वविद्यालय नै बनाइने भन्दा पनि त्यहाँ मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्याय जे बनाएपछि सरकारले एक अर्ब १५ करोड रकम विनियोजन गरेको भन्दै संसदमा सम्बोधन गरेका थिए ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे अर्थमन्त्री महतले प्रष्टरुपमा यसको जवाफ दिनुपर्ने बताए। उनले भने,' अर्थमन्त्रीले फेरि पनि कुरा चपाएर बोले,उनले मन्त्रिपरिषद्को निर्णय र नीति तथा कार्यक्रममा आएको कुरालाई सपोर्ट हुने भन्दा पनि जे पनि बनाउन सकिन्छ भन्ने आसय व्यक्त गरेका छन्। त्यसमा संघर्ष समिति सन्तुष्ट हुन सकेको छैन । अर्थमन्त्रीले प्रष्ट रुपमा बजेटमा आएको कुरा त्रुटी भएको भन्दै 

सच्चाउनुपर्छ ।’

६ सय शैयाको अस्पतालसहित साढे ५ अर्बका संरचना तयार भइसकेको गेटा मेडिकल कलेजका बारेमा नीति तथा कार्यक्रम र बजेटमा फरक/फरक कुरा आएपछि सुरु भएको आन्दोलन निरन्तर छ । सोमबार प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले प्रदेश संसदको बैठक बहिस्कार गरेका थिए । 

प्रतिपक्षले पनि गेटामा मेडिकल विश्वविद्यालय घोषणा हुनुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले समेत गेटामा मेडिकल विश्वविद्यालय बनाइने अभिव्यक्ति दिएका थिए। तर आन्दोलनकारीहरुले भने त्यो कुरा लिखित दस्तावेजमा आउनुपर्ने माग गरेका छन् ।

संघर्ष समितिका संयोजक तथा नेकपा माओवादी केन्द्रका युवा नेता धर्मसिह कुवरले सरकारले अझै प्रष्ट रुपमा मेडिकल विश्वविद्यालय नै बनाउने भनेर खुला दिलले भन्न नसकेको आरोप लगाए ।  जेठको ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटमा मेडिकल विश्वविद्यालय बनाउने कुरा उल्लेख छ । तर नीति तथा कार्यक्रमको ९ दिनपछि अथवा जेठ १५ गते अर्थमन्त्री डा. प्रकाश शरण मतहले प्रस्तुत गरेको बजेट वक्तव्यमा भने गेटामा सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने र एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने कुरा उल्लेख भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । 

गेटामा साढे ५ अर्बका संरचना बनिसकेका छन् । यसअघिको व्यवस्थापिका संसदमा चित्रलेखा यादवको अध्यक्षतामा तत्कालिन संघीय सांसद योगेश भट्टराई, नारदमुनी राना, डाक्टर दिपक प्रकाश भट्ट सहितको संसदको स्वास्थ्य समितिले पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउन सकिने प्रतिवेदन दिएको थियो भने प्रचण्ड  प्रधानमन्त्री भएपछि गेटाका निर्माणधिन संरचनाको निरीक्षण गर्दै २०७९ माघको २९ गते गेटामा मेडिकल विश्वविद्यालय बनाउने क्याबिनेटबाट निर्णय नै गराएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.