लोकतन्त्रमा मात्र सूचनाको हक कार्यान्वयन हुन्छ : सूचना आयुक्त ओली

लोकतन्त्रमा मात्र सूचनाको हक कार्यान्वयन हुन्छ : सूचना आयुक्त ओली
सुन्नुहोस्

स्याङ्जा : राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले लोकतन्त्रमा मात्र सूचनाको हक कार्यान्वयन हुने बताइन्।

राष्ट्रिय सूचना आयोगले स्याङ्जाको पुतलीबजार नगरपालिकामा सूचनाको हक सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त ओलीले सूचना माग्ने र दिने बीच अन्योन्याश्रित सम्बन्ध रहनुपर्ने उनले बताएकी छन्। 

‘सरकार तथा सार्वजनिक निकायका संस्थाहरूबाट भए गरेका कामहरू खुला र पारदर्शी बनाउनका लागि प्रत्येक कार्यालयमा जानकारी प्राप्त सूचना अधिकारी राख्नुपर्छ,’ उनले भनिन्, ‘सुशासन कायम राख्न पारदर्शिता र जवाफदेहिता चाहिन्छ।’

हर व्यक्तिलाई सार्वजनिक विषयवस्तुमा समान र सहज पहुँच बनाउनुका साथै सम्बन्धित विषयवस्तुमा जानकार पाउनु संवैधानिक अधिकार रहेको उनले जोड दिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.