जबर्जस्ती करणीमा वृद्धसहित चार जनालाई १८ वर्ष कैद

जबर्जस्ती करणीमा वृद्धसहित चार जनालाई १८ वर्ष कैद

ओखलढुंगा : नाबालिकालाई जबर्जस्ती करणी गर्ने विरुद्ध जिल्ला अदालतले चार जनालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ। 

जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले मंगलबार फैसला गरेको हो। 

जबर्जस्ती करणीमा सिद्धिचरण नगरपालिका-३ नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाँल, स्थानीय ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवाना तोकिएको छ।

फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकिएको हो। त्यसैगरी ६ लाखको दरले जरिवाना गरिएको फैसलामा उल्लेख छ। १२ वर्षीया नाबालिकालाई फरक-फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो।

२०७९ असार २३ गते दर्ता भएको मुद्दाको अन्तिम फैसला मंगलबार भएको हो। अभियुक्तमध्येका ८० वर्षीय दाहालले ज्येष्ठ नागरिक ऐनअनुसार सजाय छुट माग गरे पनि अन्य अभियुक्त सरह नै  कैद सजाय तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.