कटान हुन थाल्यो अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याम

कटान हुन थाल्यो अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएर बनेको ताल फुट्ने खतरा बढेको छ । 

डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी बीरेन्द्र गोदारले जानकारी दिए । 

डीएसपी बीरेन्द्र गोदारका अनुसार माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो । 

 उक्त बाँध अरुण नदीले आफै कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्ती जोखिम बढेको कारण सर्तक रहन सुरक्षा निकायमार्फत् जानकारी गराइएको डीएसपी गोदारले बताए । अरुण नदीले अस्थायी बाँधको कटान गरेर बग्न थालेपछि तटिय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो । 

अरुण नदी  थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब ३ किलोमिटर सम्म ताल बनेको छ । अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।

आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटिय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.