साँफेबगरमा शिक्षकलाई स्वर्णिम अवकास योजना

साँफेबगरमा शिक्षकलाई स्वर्णिम अवकास योजना
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अछाम : साँफेबगर नगरपालिकाले शिक्षक स्वर्णिम अवकास योजना ल्याएको छ । नगरपालिकाले सूचना जारी गर्दै इच्छुक शिक्षकलाई दरखास्त पेश गर्न आह्वान गरेको हो । शिक्षक स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुन शिक्षकलाई सेवासम्बन्धी विभिन्न सर्तहरू राखिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट्ले जानकारी दिए । 

शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शिक्षा सेवामा नव प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिक्षक स्वर्णिम अवकास योजना कार्यक्रम ल्याईएको भट्ट्ले बताए ।

शिक्षकको परेको निवेदनमाथि छानबिनका  लागि कार्यान्वयन सहजिकरण समिति गठन गरिने उनले बताए । शिक्षक स्वर्णिम अवकास कार्यक्रम २० वर्ष सेवा अवधि पुगेका वा ५५ वर्ष पुरा भई निरन्तर शिक्षण पेशामा आवद्ध रहेका स्थायी शिक्षकको हकमा लागू हुनेछ । 

शिक्षक स्वर्णिम अवकास कार्यक्रम ८०/८१ को नीति तथा कार्यक्रममा समेट्ने र शिक्षकको दरखास्तको आधारमा बजेट बिनियोजन गरिने नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए । उनले भने, ‘बिहीबार बसेको कार्यपालिकाको बैठकबाट कार्यविधि पास गरे । 

'कार्यान्वयतर्फ लागेका छौं । शिक्षामा गुणस्तर ल्याउनका लागी बिभिन्न कार्यक्रमहरु गरेका छौं । विद्यालय समायोजन,शिक्षक दरबन्दी मिलान,कक्षा ५,८ को परिक्षा नगर स्तरबाटै सञ्चालन र विद्यालयहरुले वर्षभरी गर्नुपर्ने क्रियाकलापलाई समेटेर करार सम्झौता गरेका छौं । चुनौती छन् तर पनि शिक्षाका केहि सुधार गर्नेछौं ,'कुँवरले भने।’

शिक्षक स्वर्णिम अवकास योजना अन्तर्गत अनिर्वाय अवकासको एक वर्ष सेवा अवधि रहेका शिक्षकलाई एक लाख,दुई वर्ष रहेकालाई एक लाख थप प्रत्येक महिना ६ हजारका दरले उपलब्ध गराउने र तीन वर्ष वा त्यो भन्दा बढी अवधी रहेकालाई ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराइने नगर प्रमुख कुँवरले बताए । 

नगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षक स्वर्णिम अवकास कार्यक्रमले दिर्घकालसम्म शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने कुँवरले विश्वास व्यक्त गरे। यस कार्यक्रमबाट रिक्त हुने स्थानमा प्रविधिमैत्री युवा पुस्ताका शिक्षकले अवसर पाउने उनले  बताए  ।

स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकले २०८० असार ७ गतेसम्ममा निवेदन पेश गर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकले आफ्नो स्थायी नियुक्तिपत्र,अनिवार्य अवकासको मिति खुल्ने कागजात,बढुवा नियुक्तिपत्रको प्रतिलिपी,शैक्षिक प्रमाणपत्रको प्रतिलिपी,एकाघारको सदस्यबाट मन्जुरिनामा पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निवेदनसाथ पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.