दैलेखमा खोलाले बगाएर किशोरीको मृत्यु

दैलेखमा खोलाले बगाएर किशोरीको मृत्यु
सुन्नुहोस्

दैलेख : वर्षात सुरुभएसँगै बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार राती परेको वर्षातले दैलेखको ठाटीकाँध गाउँपालिकामा मानवीय तथा खेतीबालीमा क्षती पुर्‍याएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालका अनुसार ठाटीकाँध गाउँपालिका–४ स्थित भुतगाड खोलाले स्थानीय एक किशोरीलाई बगाएको छ । 

आज बिहान घट्टबाट घर फर्किंदै गरेकी १७ वर्षीया उर्मिला कठायतलाई खोलाले बगाएको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार उर्मिलालाई स्थानीय बासिन्दाले करिब एक सय ५० मिटर तल मृत अवस्थामा फेला पारेका छन् । 

अहिले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
यसैबिच बिहीबार राती गुराँस गाउँपालिका–५ का रुद्र गिरीको घरमा चट्याङ्ग परेको छ । 

घरमा परेको चट्याङ्गमा परी गिरीको श्रीमती ४४ वर्षीया चन्द्रा गिरी र १७ वर्षीया छोरी माया गिरी घाइते भएका छन् । उनीहरुको शरीरका केही भागमा चोट लागेको र उपचारका लागि कर्णाली प्रदेश अस्पतालतर्फ लगिएको डिएसपी लम्सालले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.