टिकटक बनाउने बहानामा घरमा आएर सुनका गहना चोरी

टिकटक बनाउने बहानामा घरमा आएर सुनका गहना चोरी
सुन्नुहोस्

स्याङ्जा : सामाजिक सञ्जाल टिकटकका माध्यमबाट साथी बनाइ घरमा आएर सुन चोरी भएको छ। टिकटकमा साथी बनाउने र उनीहरुको बनाएको टिकटकहरुमा लाईक तथा कमेन्ट गरी आफ्नोपन दिलाउँदै साथीको घरसम्मै आएर चोरी गरिएको हो। 

मोदी गाउँपालिका ३ पर्वतका २४ वर्षीया कुसुम वि.सी. अहिले प्रहरी नियन्त्रणमा छिन्। उनले असार १ गते वालिङ् नगरपालिका ६ निवासी एक महिलाको दराजमा राखिएको गहना चोरी गरेको प्रहरीको आरोप छ।

उनीहरुबीच चिनजान गराउने माध्यम टिकटक हो। टिकटकका माध्यमबाट वालिङ्मा आइ टिकटक बनाइ खानपान गर्दै सँगै बसेपछि सो घरमा राखिएका गहना र तालाचाबीसमेत पत्ता लगाइ घरमा कोही नभएको समय पारी चोरी गरिएको र पोखरामा लगेर बिक्री गरेका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

प्रहरी प्रवक्तासमेत रहेका खनालका अनुसार, ‘एक तोलाको करुवा लकेटसहितको सुनको सिक्री र आधा तोलाको बेरुवा औंठी चोरी गरी पोखरा स्थित एक सुनचाँदी पसलमा लगेर बिक्री गरेका हुन्।’

आरोपित वि.सी. लाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। 

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले लाइक, कमेन्ट, फलो गरिरहेको छ भने पनि सावधानी अपनाउन उनले सुझाएका छन्। यस्ता अपरिचित व्यक्तिका टिकटकमा साथी बनाउने र घरसम्म आउनेसंगै मिलेर टिकटक बनाउने जस्ता क्षणिकभरका रमाइलोपनले ठूला घटना र हैरानीसम्म भोग्नु पर्ने हुन्छ। तसर्थ, अपरिचित व्यक्तिसँग  सम्बन्ध बढाउनुपूर्व धेरैपटक सोचेर मात्र साथी बनाउन प्रहरी सुझाव छ।  

जिल्ला प्रहरी कार्यालय, स्याङ्जा।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.