रिब्दीकोट गाउँपालिकाको बजेट सार्वजनिक
तानसेन : रिब्दीकोट गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार १३ औ गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी वर्षका लागि बजेट पेस गरेकी हुन्। उपाध्यक्ष अधिकारीले पुँजीगत तर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार विनियोजन गरेको बताइन्।
पालिकाले आन्तरिक आम्दानीका लागि ७३ लाख ७७ हजार रकम उठ्ने अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस !