मनसुन भित्रियो तर स्थानीय तहमा छैन विपदको पूर्व तयारी

मनसुन भित्रियो तर स्थानीय तहमा छैन विपदको पूर्व तयारी

बैतडीः गत जेठ २१ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठक बस्यो। जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो। 

वर्षाद सुरु भएसँगै जिल्लामा बाढी तथा पहिरोको जोखिम हुने गरेको छ। बाढी पहिरो लगायतका विपदका घटनाबाट हुने जोखिम नियन्त्रणको लागि कार्ययोजना बनाउने निर्णय भएको थियो। १० वटै स्थानीय तहले पालिकामा विपदको अवस्था, जोखिम र नियन्त्रणका उपायको वस्तु स्थिति समेट्दै पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न भनिएको थियो। 

१५ दिनभित्रै पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्ने र त्यसपछि जिल्लास्तरीय पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने लक्ष्य थियो। तर उक्त अवधिमा यहाँका कुनै पनि स्थानीय तहहरूले विपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएका छैनन्। 

यसवर्षको मनसून नेपाल भित्रिसकेको छ। पहाडी जिल्लामा ठूलो वर्ष पनि हुन थालेको छ। कतै बाढी त कतै पहिरो जान थालेको छ। पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपतका बेला आवश्यक पर्ने राहत तथा उद्धारको लागि उपकरण र सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पार्नुपर्ने हुन्छ। 

पालिकाले प्रतिकार्य योजना तयार नपारेपछि समग्र जिल्लाको प्रतिकार्य योजना निर्माणमा समेत ढिलाइ भइरहेको छ। स्थानीय तहमा अध्यक्ष/प्रमुखको संयोजकत्वमा विपद व्यवस्थापन समिति हुने गरेको छ। 

उक्त समितिले पालिकामा विपदको अवस्था र जोखिम नियन्त्रण तथा राहत तथा उद्धारको लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भएपनि यहाका स्थानीय तहहरूले विपदको कुनै पूर्व तयारी नगरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताए। 

‘विपद सम्बन्धी पालिकाको सबै विवरण र विपतको वस्तुस्थिति समेटेर विपत  पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन भनेका थियौँ, आजसम्म कसैले बनाएनन्।’ उनले भने। स्थानीय तहले विपदको पूर्व तयारी गर्न सकेनन् भने जोखिम पनि बढ्न सक्ने भएकाले यथाशीघ्र पूर्व तयारीमा जुट्नुपर्ने उनले बताए।

विपद व्यवस्थापनको पूर्व तयारीको योजना निर्माणको प्रक्रियामा रहेको र विपदका लागि करिब ३० लाख बजेट कार्यान्वयनको चरणमा रहेको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन्। ‘योजना तयार गर्दा केही त्रुटि भएको छ, फेरी बनाइरहेका छौँ, चालु आर्थिक वर्षमा ३० लाख बजेट बिनियोजन गरेका थियौँ, त्यो कार्यान्वयनको चरणमा छ।’

जिल्लाको सुर्नया गाउँपालिकाले पनि विपद प्रतिकार्य योजना बनाएको छैन। ‘प्रतिकार्य योजना निर्माणकै क्रममा छ,’ गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले भने। ‘चालु आर्थिक वर्षमा विपदका लागि ४३ लाख बजेट विनियोजन गरेका थियौँ, त्यो कार्यान्वयनको अन्तिम चरणमा छ।’ बाढी र पहिरोको जोखिम रहने भएकाले सोही अनुसार पूर्व तयारी भइरहेको गाउँपालिका  अध्यक्ष कुवँरले बताए। 

बैतडीका कुनै पनि स्थानीय तहले विपदको पूर्व तयारी योजना बनाएका छैनन्। बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्षको अन्तिममा बजेट कार्यान्वयन गर्ने गरेका छन्। तर साउन तथा भदौमा बाढीको बढी जोखिम हुने समयमा बजेट कार्यान्वयन नै नहुने गरेको पाइएको छ। 
बैतडीमा वर्षातको समयमा बाढी र पहिरोकै जोखिम हुने गरेको छ। 

नदी किनारका तटीय क्षेत्र र भिरालो जमिनमा पहिरोको उच्च जोखिम रहने गरेको छ। जिल्लाको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका संकटग्रस्त घोषणा भएका पालिका हुन्। यी पालिकामा बाढी तथा पहिरोको उच्च जोखिम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.