लुम्बिनीका स्थानीय तहले ल्याए बजेट : तिलोत्तमा नगरपालिकाको बजेट सबैभन्दा धेरै

लुम्बिनीका स्थानीय तहले ल्याए बजेट : तिलोत्तमा नगरपालिकाको बजेट सबैभन्दा धेरै
बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी।

बुटवल : लुम्बिनी प्रदेशका चार उमहानगर सहितका पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। प्रदेशमा चार उपमहानगर, ३२ नगर र ७३ अन्य पालिका रहेका छन्।

नेपालगञ्ज उपमहानगरबाहेक अन्य तीन उपमहानगरले आइतबार बजेट सार्वजनिक गरेका हुन्। नेपालगञ्जले शनिबार नै बजेट सार्वजनिक गरेको थियो।

चार उपमहानगरमध्ये बुटवलको सबैभन्दा धेरै २ अर्ब ३६ करोड ५४ लाख बजेट रहेको छ। उपप्रमुख सावित्रादेवी अर्यालले पूर्वाधार विकासमा ५७ करोड बजेट छुट्याइएको बताइन्।

बुटवलले शिक्षा, स्वास्थ्य तथा समावेशीकरणतर्फ २७ करोड ४९ लाख, रोजगार, कृषि, पर्यटनमा ४ करोड ४० लाख, फोहोर मैला व्यवस्थापनमा १ करोड ८३ लाख बजेट विनियोजन गरिएको अर्यालले बताइन। बुटवलले चालु आर्थिक वर्षको भन्दा १ करोड बढी बजेट ल्याएको छ।

दाङको घोराहीले २ अर्ब १५ करोडको बजेट ल्याएको छ। उपप्रमुख हुमा कुमारी डिसीले सामाजिक विकास, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताइन्। घोराहीले पूर्वाधार विकासमा ५२ करोड ४८ लाख विनियोजन गरेको छ।

दाङकै तुलसीपुर उपमहानगरले १ अर्ब ७९ करोडको बजेट प्रस्तुत गरेको छ। यो बजेट चालु आवको भन्दा ७ करोड कम हो। आन्तरिक आम्दानीमा ह्रास आएपछि बजेट घटाइएको छ। 

बजेटमा कृषि, पशुपालन, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। बाँकेको नेपालगञ्ज उपहानगरले शनिबार नै १ अर्ब ६७ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ। नगरप्रमुख प्रशान्त विष्ठले नीति कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्। 

तिलोत्तमाको सबैभन्दा ठूलो बजेट

लुम्बिनीका १०९ पालिकामध्ये सबैभन्दा ठूलो बजेट रुपन्देहीको तिलोत्तमा नगरपालिकाको हो।। तिलोत्तमाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। 

उप-प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा आइतबार प्रस्तुत गरेको बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशतर पूँजीगतखर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ। 

तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो। चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ। 

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ। यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजनिक गर्दै उप-प्रमुख चौधरीले जानकारी दिइन। बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो। 

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उप-प्रमुख चौधरीले बताइन। बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ। 

यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.