बागमती प्रदेशसभामा बाँदर पीडितको धर्ना
हेटौंडा : बाँदर पीडितहरूले प्रदेशसभा अगाडि धर्ना दिएका छ् । धादिङबाट करिब १ सय ५० जनाको संख्यामा आएका उनीहरूले आफ्नो बालीनाली बाँदरले नस्ट गर्दासमेत प्रदेश सरकारले बेवस्ता गरेको आरोप लगाएका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।
बाँदर पीडित संघर्ष समिति नै बनाएर प्रदेश राजधानी हेटौंडामा रहेको प्रदेश सचिवालय अगाडि 'किसान मार्न पाइँदैन , बाँदर पीडित एक हौं' लगायतका नाराबाजी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
३