फरार युवक नुवाकोटबाट पक्राउ
नुवाकोट : अदालतबाट कैद तथा जरिवाना तोकेर फरार रहेका नुवाकोटको जिलिङका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। बेलकोटगढी नगरपालिका - ८ जिलिङका ३७ वर्षीय सन्तबहादुर तामाङलाई बहुविवाह मुद्दामा नुवाकोट जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय फैसला तोकेपछि फरार रहेका थिए।
उनलाई बिदुर नगरपालिका-२ बाट सोमबार पक्राउ गरि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अदालतले १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएकाले पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक तीलक भारतीले जानकारी दिए। नुवाकोट प्रहरीले फरार अभियुक्त पक्राउ अभियान सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !