विश्व अर्थतन्त्र : बढ्दै महँगी र बेरोजगारी

दक्षिण एसियाका भुटानबाहेकका मुलुकमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि

विश्व अर्थतन्त्र : बढ्दै महँगी र बेरोजगारी
सुन्नुहोस्

काठमाडौं : विश्व अर्थतन्त्रमै एकातिर बेरोजगारीको संख्या बढ्दै छ भने अर्कोतर्फ महँगी अकासिएको छ। यसको चपेटामा विश्वका मानिस दिनप्रतिदिन परिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकले देखाएको छ।

कोषका अनुसार मूल्यवृद्धि दर बर्सेनि उकालो लाग्दैछ। सन् २०२१ मा ४.७ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मूल्यवृद्धि दर सन् २०२२ मा बढेर ८.७ प्रतिशत रहेको कोषले औंल्याएको छ। नेपाल राष्ट्र बैंकले कोषको तथ्यांकमा आधारित भएर मंगलबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२१ को तुलनामा सन् २०२२ मा दक्षिण एसियाली मुलुकमध्ये भुटान बाहेकका मुलुकको उपभोक्ता मुद्रास्फीति बढ्न गएको छ। भारत र चीनको उपभोक्ता मुद्रास्फीति सन् २०२१ मा क्रमशः ५.५ र ०.९ प्रतिशत रहेकोमा सन् २०२२ मा ६.७ र १.९ प्रतिशत रहन गएको छ।

नेपालको मुद्रास्फीति सन् २०२१ को तुलनामा सन् २०२२ मा बढ्न गएको छ।’ यस्तै, ओइल पाइस डन नेटमा उपलब्ध तथ्यांकअनुसार सन् २०२२ को जनवरी १ मा ७९.२० अमेरिकी डलर प्रतिब्यारल रहेको कच्चा तेलको मूल्य सन् २०२३ को जनवरी ३ मा अमेरिकी डलर ८२.१० मा पुग्यो। कोभिड– १९ पछि प्रभावकारी माग वृद्धि र आपूर्ति शृंखलामा आएको अवरोधका कारण तेलको मूल्यमा अत्यधिक वृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

यस्तै, विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर घट्दो क्रममा छ। अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२३ मा अध्यावधिक गरिएको वल्र्ड इकोनोमी आउटलुकअनुसार सन् २०२२ मा ३.४ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०२३ मा २.८ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण छ। विश्वको मुद्रास्फीति दर सुधार हुँदै जाने भनिएको छ। विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२२ मा ७.३ प्रतिशत रहेकोमा सन् २०२३ मा ४.७ प्रतिशत रहने प्रक्षेपण छ। त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकको मुद्रास्फीति दर सन् २०२२ मा ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा ८.६ प्रतिशत रहने कोषको प्रक्षेपण छ।

कोषको तथ्यांकअनुसार सन् २०२२ मा विश्वको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.४ प्रतिशत रहन गयो। सन् २०२२ मा जी–७ अन्तर्गतका विकसित देशको आर्थिक वृद्धिदर र बेरोजगारी दरमा सन् २०२१ को तुलनामा कम रहन गयो। उक्त मुलुकमध्ये सन् २०२२ मा फ्रान्स र क्यानडाको बेरोजगारी दर ७ प्रतिशत माथि रहन गयो भने जापानको बेरोजगारी दर २.६ प्रतिशत कायम रहन गयो।

सन् २०२२ मा नेपालीको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकहरूको आर्थिक वृद्धि सामान्य रह्यो। नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबिया, मलेसिया र कुवेतको आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा बढी रह्यो भने दक्षिण कोरिया र जापानको वृद्धिदर क्रमशः २.६ प्रतिशत र १.१ प्रतिशत रह्यो।

यस्तै, सन् २०२२ मा छिमेकी मुलुकको आर्थिक गतिविधि सामान्य रहेको छ। सन् २०२१ मा बंगलादेशको अर्थतन्त्र ७.१ प्रतिशतले वृद्धि भयो भने श्रीलंकाको अर्थतन्त्र ८.७ प्रतिशतले ऋणात्मक रहन गयो।

दक्षिण एसियाली देशको आर्थिक वृद्धिदर

सन् २०२२/२३ मा नेपाल, भारत तथा चीनको कुल गार्हस्थ्य उत्पादनमा तृतीय क्षेत्रको योगदान सबैभन्दा बढी छ। भारतको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २१.०, २५.६ र ५३.४ प्रतिशत रहेको छ भने सोही अवधिमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमश : ३.३, ४.३ र ९.१ प्रतिशत रहेको छ।

साथै, चीनको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः ७.३, ३९.९ र ५२.८ प्रतिशत रहेको छ भने प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः ४.१, ३.८ र २.३ प्रतिशत रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.