पहिरो खस्ने क्रम रोकिएन, नारायणगढ मुग्लिन सडक सुचारु हुन आज दिनभरि लाग्ने

पहिरो खस्ने क्रम रोकिएन, नारायणगढ मुग्लिन सडक सुचारु हुन आज दिनभरि लाग्ने
इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकैको पहिरो र पहिरोले जाममा परेका सवारी साधन। तस्बिर : अनिल ढकाल।
सुन्नुहोस्

चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी परिरहेको र अझै पहिरो बारम्बार झरिरहेकोले पहिरो पन्छान आज दिनभरि लाग्ने सडक डिभिजन कार्यलयका सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

हिजो दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकै सुख्खा पहिरो खसेको थियो। हिजोदेखि उक्त सडकमा सवारी सञ्चालनमा आउन सकेको छैन।

आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको र उक्त कार्यका लागि २ लोडर १ स्काबेटरको प्रयोग गरिएको सुपर भाइजर क्षेत्रीले बताए।

पहिरोले सडकमा सवारी जाम भएकोले पोखरा जने सवारी पनि प्रभावित बनेको छ। 

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.