असार पन्ध्र : मधेशका सभामुख मण्डलसहितको टोलीले ५ कठ्ठा खेतमा रोपे धान

असार पन्ध्र : मधेशका सभामुख मण्डलसहितको टोलीले ५ कठ्ठा खेतमा रोपे धान
तस्बिर : गोविन्द महतो

जनकपुरधाम : असार १५ को अवसरमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा धान रोपाइँ गरेर धान दिवस मनाइएको छ। सरकारी स्तर र विभिन्न संघसंस्थाले धान रोपेर असार पन्ध मनाएका हुन्।

मधेश प्रदेशस्थित अखिल नेपाल किसान महासंघ,धनुषाधाम नगर कमिटीद्वारा अयोजित धान रोपाइँ कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल खेतमा धान रोप्दै गरेका भेटिए । धनुषाको धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित किसान महासंघले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डल धान खेतमै परम्परागत शैलीमा धान रोप्दै गरेका भेटिएका थिए।

null

सभामुख मण्डलले भने,‘असारमा मानो रोपेर मंसिरमा मुरी फलाउँछन्। चिन्तनमा हुन्छन् कृषकहरू । असार लागेसँगै किसान मानो रोप्ने चटारोमा हुन्छन् ।’ सभामुख मण्डलले कामको थकान महशुस हुन नदिन धान रोप्ने, असारे गीत गाउँदै छुपुछुपु धान रोप्ने परम्परागत गीतहरु हराए पनि त्यसलाई अहिले जोगाउन आवश्यक रहेको बताए ।

null

मनसुनको आगमनसँगै कृषक रोपाइँ गर्न ताजोपाजो मिलाउने गर्छन् । असार भन्ने वित्तिकै कृषकलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाइँको चटारो हुन्छ ।
सभामुख मण्डलसहित किसानको समूहले करिब ५ कठ्ठा खेतमा धान रोपाइँ गरेका छन् । 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.