सुनमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री डा. महत
पोखरा : अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाटका क्रममा उनले सुनमा लक्जरी कर नलगाइएको बताएका हुन्। उनले हिरा र मोतीमा मात्र लक्जरी कर लगाइएको बताए।
उनले भने, '१० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो कर लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन। त्यसैले सुनमा कर लगाएको छैन। सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ। महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।'
उनले एयरलाइन्सलाई मात्र भ्याट लगाइएको र ट्राभल्र्समा भ्याट नलगाइएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !