सुनचाँदीको गरगहना डकैती गरी फरार दुई जना प्रहरीको नियन्त्रणमा

सुनचाँदीको गरगहना डकैती गरी फरार दुई जना प्रहरीको नियन्त्रणमा

महोत्तरी : महोत्तरी प्रहरीले डकैती गरि फरार भएका दुई जनालाई सुनचाँदीको गरगरहनासहित नियन्त्रणमा लिएको छ । प्रहरीले रौतहट फतुवा बिजयपुर नगरपालिका-११ का अर्जुन चौधरी र साविर देवानलाई लाखौं मूल्य बराबरको सुनको गरगहनासहित नियन्त्रणमा लिएको हो । 

गत असार १० गते रातिको समयमा बर्दिबास नगरपालिका-१ मा संचालित श्री हरी ज्वेलर्स सुन चाँदी पसलबाट लुटिएको १५ लाख २० हजार र सोही नगरपालिका-१४ मा संचालित न्यू ओम साई ज्वेलर्सबाट ३७ लाख ३६ हजार मूल्य बराबरको गरगहनासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार उनीहरुले सोही राति पसलको सटरको ताल्चा फुटाई सुन चाँदीका गरगहना राखेको लकर (सेफ भल्ट)  चोरेर लगिएको थियो । ज्वेलर्सहरुभित्र तथा पसल वरपरि जडान भएको सीसी क्यामेराको फुटेजको आधारमा उनीहरुलाई पहिचान गरि प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो।असार १२ गतेका दिन उनीहरु सवार सेतो रंगको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा सो तथ्य फेला परेको हो ।

रौतहट प्रहरीले चन्द्रनिगाहपुरमा चेकजाँच गर्दा उनीहरु सवार बोलेरोको अगाडि वी आर ०१ पीडी ८१५८ उल्लेख भएको नम्बर प्लेट राखिएको थियो भने सोही पछाडितर्फ वीआर ०१ पीडी ८१५ नम्बर उल्लेख रहेको थियो । पक्राउ परेकाहरूले दिएको बयानअनुसार प्रहरीले खोजतलास गर्ने क्रममा रौतहटको गुजरा नगरपालिकामा पर्ने चोचा जंगलभित्र जमिनमुनि गाडिएको अवस्थामा सो फलामको सेफ (भल्ट) बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए। 

सवारीसहित प्रहरीको नियन्त्रणमा रहेको उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी गिरीले बताए । उनीहरुमाथि डांका चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको र वारदातमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.