सडक विस्तारमा लापरबाही गर्दा सोलुखुम्बुमा दुई परिवारको उठिबास

सडक विस्तारमा लापरबाही गर्दा सोलुखुम्बुमा दुई परिवारको उठिबास
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-३ लोदिङमा दुई घर पहिरोका कारण विस्थापित भएका छन्। एउटा क्लब भवन पनि पहिरोको जोखिममा परेको छ। 

सडक विस्तारका क्रममा बढ्दै गएको पहिरोका कारण लोदिङ सिर्जनशील युवा क्लबको भवनसहित ३ घर विस्थापित भएको हो। 

पहिरो बढ्दै जाँदा घरहरू समेत चर्किँदै गएपछि स्थानीय हस्त बहादुर विश्वकर्मा र शान्त विश्वकर्माको परिवार विस्थापित भएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए। 

निरन्तरको वर्षातसँगै सडकबाट सुरु भएको पहिरोले घर समेत तान्ने खतरा भएपछि वडाको पहलमा परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शेर्पाको भनाइ छ। 

पहिरोले घर जोखिममा परेपछि विश्वकर्माद्वयको परिवारलाई तत्कालका लागि छिमेकीको घरमा आश्रय लिएर राखिएको छ। घर मुनिबाट खनिएको सल्लेरी–तामाखानी–पिके सडक मर्मतका क्रममा ठेकेदार कम्पनीले बस्तीको ख्याल नगर्दा आफ्नो बास नै उठेको पीडित हस्त बहादुर विश्वकर्माले गुनासो गरे। 

पहिरोको जोखिम रहेको सो स्थानमा सडक चौडा गर्ने क्रममै कम्पनीलाई सचेत गराएको भए पनि ठेकेदारले मनोमानी डोजर चलाउँदा विपत्ति आइलागेको अर्का पीडित शान्त विश्वकर्माको गुनासो छ। विस्थापित परिवारलाई वडा कार्यालयले राहत स्वरूप पाल र बाल्टिन प्रदान गरेको छ। 

सोही पहिरोले क्लब भवनमा क्षति पुगेको सचिव ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए। भवन पहिरोको चपेटामा परेपछि त्यस भित्र रहेका क्लबको सामग्रीहरू अन्यत्र सारिएको सचिव शेर्पाको भनाइ छ। यता प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त भट्टराईले पहिरो रोकथाम तथा पीडितको मागलाई सम्बोधन गर्न पूर्वाधार विकास कार्यालय ओखलढुंगालाई निर्देशन दिए। 

सम्भावित क्षतिलाई रोक्न सबै पक्ष लाग्नुपर्ने भन्दै यस्ता विपत्तीहरूसँग जुध्न सबै एक जुट हुने समेत प्रजिअ भट्टराईले आह्वान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.