‘नैतिक रूपमा प्रचण्डले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाए’

प्रचण्डको ‘विवादास्पद’अभिव्यक्तिलाई लिएर आज पनि संसद अवरोध गर्ने एमालेको तयारी

प्रचण्डको ‘विवादास्पद’अभिव्यक्तिलाई लिएर आज पनि संसद अवरोध गर्ने एमालेको तयारी
फाइल तस्बिर।
सुन्नुहोस्

एमालेले  प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्। सभामुख देवराज घिमिरेले समन्वय गर्न पहल गरेपनि दलहरु आ-आफ्ना अडानमा लागेका छन्।

काठमाडौं : प्रतिपक्ष दलले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका दलले राजीनामा माग गर्दै आएका छन्।  

बुधबारको बैठकमा एमाले, रास्वपा र राप्रपाले ‘उहाँ (भारतीय नागरिक प्रितम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो।’ भन्ने  प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेका थिए। बुधबार कार्यसूचीमा प्रवेश नगरी शुक्रबारसम्म स्थगित भएको बैठक शुक्रबार पनि पुन: सूचना टाँस गरी स्थगित भएको हो।

आजपनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको बैठक अवरोध गर्ने तयारी विपक्षी दलले थालेका छन्। एमालेले  प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्। सभामुख देवराज घिमिरेले समन्वय गर्न पहल गरेपनि दलहरु आ-आफ्ना अडानमा लागेका छन्।

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डले नैतिक धरातल गुमाइ नै सकेको बताए। ‘प्रधानमन्त्रीलाई कसैले विवादमा पार्न खोजेको होइन, उहाँ आफैं विवादमा पर्नु भएको हो। मुलुकको प्रधानमन्त्री र मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको नेतृत्व गर्ने व्यक्तिले यसप्रकारको अभिव्यक्ति दिनु लज्जास्पद र आपत्तिजनक हो।’ उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘नैतिक रूपमा उहाँले अब प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाउनुभयो। नैतिकताको प्रश्न सत्ता गठबन्धनसँग पनि जोडिन्छ। नैतिकताको प्रश्न स्वयं प्रधानमन्त्रीसँग जोडिन्छ। उहाँ कसरी प्रस्तुत हुनुहुन्छ, त्यही आधारमा हाम्रो रणनीति तय हुन्छ। हामी हाम्रा कुरा राख्छौ, उहाँ (प्रधानमन्त्री) कुन रूपमा अगाडि बढ्नुहुन्छ, त्यही रूपमा हामी अगाडि बढ्छौं।’

राष्ट्रलाई कमजोर बनाइ राख्ने हो भने त प्रधानमन्त्री राखी राख्दा फरक नपर्ने तर देशमा स्वाधीनता, राष्ट्रहित, स्थायित्व कायम गर्ने, हो भने प्रचण्डको नेतृत्वमा सम्भव नभएको महासचिव पोखरेलले बताए। ‘मुलुकको राजनीतिलाई विवादास्पद बनाउने र अस्थिरता सिर्जना गराउने मुख्य पात्र प्रचण्ड बनेको उनको भनाई छ। सत्ता र शक्तिका लागि जे गर्दा पनि हुन्छ भन्ने मान्यता उहाँले जनयुद्धकालबाटै स्थापित गराउँदै आउनुभयो। एउटाका विरुद्ध अर्कोलाई उपयोग गर्ने माओवादी आन्दोलन देखिकै उहाँको नीति हो। यो माओवादी आन्दोलनको मुख्य चरित्र जस्तो बन्यो।’ महासचिव पोखरेलले भने,‘उहाँको अभिव्यक्तिबाट नैतिक धरालत स्खलित भएको देखिन्छ। मुलुकको लोकतन्त्र, लोकतान्त्रिक संस्थाहरू तथा राष्ट्रको गरिमाको पनि अबमूल्यन गर्ने तरिका अबलम्ब गर्नुभयो। पछिल्लोपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहजी पटक–पटक दिल्ली पुग्नु भएको भन्ने चर्चा गर्नुभयो।’

आजको बैठकमा ३ वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.