मलेसियाको म्याक्समनी संस्थासँग विप्रेषण कारोबार प्रतिबन्ध

मलेसियाको म्याक्समनी संस्थासँग विप्रेषण कारोबार प्रतिबन्ध
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी कम्पनीसँग विप्रेषण कारोबारमा प्रतिबन्ध लगाएको छ। 

उक्त कम्पनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्र प्राप्त निकायलाई भुक्तानी नगरेका कारण कारोबारमा प्रतिबन्ध लगाएको हो। विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र-२०७९मा संशोधन गर्दै सो संस्थासँगको कारोबारमा प्रतिबन्ध लगाएको हो।

यसअघि पनि भुक्तानी नगरेकाले केन्द्रीय बैंकले २०७५ मंसिर १२ गते र २०७५ फागुन २ गते परिपत्र मार्फत् नेपालका इजाजतपत्र प्राप्त निकायहरूलाई सो संस्थासँग कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो। यसपछि प्रतिबन्धित उक्त संस्थाले कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेको थियो। 

त्यसपछि राष्ट्र बैंकले २०७६ माघ ५ गते एक सूचना जारी गर्दै को सूचनामार्फत सो प्रतिबन्ध फुकुवा गरेको थियो। ‘तर त्यतिबेलाका उल्लिखित परिपत्रहरू खारेज गरिएकोमा मलेसियाको म्याक्समनी संस्थाले त्यस्तो प्रतिबन्ध फुकुवा गर्दा तोकिएका सर्तहरू पालना नगरेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि कारोबार प्रतिबन्ध लगाउनु परेको हो,’ बिहीबार सार्वजनिक सूचनामा भनिएको छ। 

यसर्थ राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्रप्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले मलेसियाको म्याक्समनी कम्पनीसँग बाँकी वक्यौताको भुक्तानी लिने कार्य बाहेक कुनै पनि कारोबार नगर्न/नगराउनु हुन केन्द्रीय बैंकले निर्देशन दिएको छ। 

सो संस्थाले नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य मल्टी कोरिडोरमार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट प्रोसेसिङ भएको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी विप्रेषण कारोबारको प्रबन्ध मिलाउन समेत अनुरोध गरेको छ। 

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था लागू गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.