सहकारी बचतकर्ताको रकम आजैबाट फिर्ता गर्न पहल गरियोस् : गगन थापा

सहकारी बचतकर्ताको रकम आजैबाट फिर्ता गर्न पहल गरियोस् : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद गगनकुमार थापाले सहकारी पीडितहरूको रकम यथासीघ्र फिर्ताको माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले पीडितहरूको रोकिएको रकम फिर्ता गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन्।

उनले सहकारी सुधार्न गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको र सोही प्रतिवदेनअनुसार आजैबाट पीडितहरूलाई रकम फिर्ता हुनुपर्ने बतए। 'सरकारले सहकारी सुर्धान वैशाख २६ गते अध्ययन कार्यदल गठन गरेको थियो। यो अध्ययन कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा धेरै कुरा समेटिएका छन्,'उनले भने,' बचनकर्ता जसको रकम रोकिएको छ।  फिर्ता गराउनका लागि आजैबाट प्रारम्भ गरियोस्। हामी अब सहकारी पीडितको समाचार होइन,न्याय पाएको समाचार सुन्न चाहन्छौं।'

सांसद थापाले सहकारी पीडितको आवाज  राज्यले सुन्नैपर्ने बताए। उनले भने,'केही दिनअघिसम्म हामी सांसदहरूको घरमा सहकारी पीडितहरूको रुवाबासी चल्थ्यो। घरघरमा आएर रुवाबासी गरेर भएन भनेर मण्डलामा जम्मा भएर हामी सबैलाई सुनाउन लागिपरेका छन्। यिनको आवाज राज्यले सुन्नैपर्छ। किनकि यिनको जुन अवस्था भएको छ यसको जिम्मेवार राज्य पनि एक हो।'

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.