असल नियतले काम गर्दागर्दै भएका कमजोरीलाई सुधार्दै अघि बढ्छौं : रवि लामिछाने

असल नियतले काम गर्दागर्दै भएका कमजोरीलाई सुधार्दै अघि बढ्छौं : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सय दिन, सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको जनाएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदको डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको बताएका हुन् ।

सरकारले यस अवधिमा नागरिकका सवाल र सुशासनमा बढी जोड दिएको उनको दाबी छ । उनले भौतिक पूर्वाधारको क्षेत्रमा ३ वर्षको प्याकेज बनाएर काम सुरु गरिएको र सेवा प्रवाहलाई डिजिटल तथा सहज बनाउने क्रमको सुरुवात भएको उल्लेख गरे । सभापति लामिछानेले असल नियतले काम गर्दागर्दै पनि कहिलेकाहीँ प्रक्रियागत कमजोरी हुन सक्ने भन्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा कमी–कमजोरी सुधार्दै अघि बढ्ने धारणा राखे ।

उनले संविधानका धेरै विषयमा बहस आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले प्रदेश खारेजीको माग नगरेको धारणा राखे । प्रदेश संरचनालाई अझ प्रभावकारी र कम बोझिलो बनाउनका लागि रास्वपाले बहसको विषयका रूपमा मात्र अगाडि सारिएको र यसमा सर्वदलीय सहमति आवश्यक पर्ने उनले बताए ।

सभापति लामिछानेले काठमाडौँको खोला किनारका नागरिकलाई व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै वास्तविक सुकुम्बासीहरूले जग्गा वा आवास प्राप्त गरेपछि अहिलेको पीडा बिर्सने वातावरण उल्लेख गरे । साथै उनले रास्वपा सांसदहरुलाई प्रविधिसँग नजिक राख्न आगामी दिनमा साइबर सुरक्षा, डिजिटल सेक्युरिटी जस्ता विषयमा थप कार्यक्रमहरू हुने जानकारी दिए । बैठकमा सांसदहरुलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराइएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.