गिद्धको महत्व बुझाउने पुस्तक
![गिद्धको महत्व बुझाउने पुस्तक](https://annapurnapost.prixacdn.net/media/albums/Vulture-book_TSScWQ0Cy1.jpg)
पोखरा : प्रकृतिका कुचिकार गिद्धको महत्व बुझाउने पुस्तक पोखरामा सार्जजनिक भएको छ। गिद्ध संरक्षण अभियन्ता तथा आईयूसीएन गिद्ध विज्ञ समूह नेपालका सदस्यसमेत रहेका कृष्णप्रसाद भुसालले लेखेको पुस्तक ‘गिद्ध प्रकृतिका कुचिकार’ पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकका लेखक भुसाल, संरक्षणकर्मी राजु आचार्य, डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत केदार बराल, पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलगायतले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा गिद्धको उत्पत्ति, विकासक्रम वितरण, गिद्धको आहार, प्रजनन, र बानी व्यहोरा, गिद्धको पारिस्थितिकीय महत्व, गिद्धको सामाजिक, धार्मिक र साँस्कृतिक सम्बन्धलगायतका विषय समेटिएको छ।
गिद्धको किताब लेख्नुको कारण बताउँदै भुसालले गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दा गरिएको अध्ययन अनुसन्धानलाई समेटेर पुस्तक निकाल्दा आम पाठकले गिद्धको महत्वका बारेमा बुझ्न थप उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरेको बताए। पुस्तक बिक्री भएको रकम गिद्ध अनुसन्धान गर्ने विद्यार्थीका लागि प्रदान गरिने भुसालले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)