कास्कीको पोल्याङफेदीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते

कास्कीको पोल्याङफेदीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बेसीसहर : कास्कीको रूपा गाउँपालिका -३ पोल्याङफेदीमा सवारी दुर्घटनामा परी सोमबार बिहान एकजनाको मृत्यु भएको छ । पोखराबाट लमजुङतर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकल सोमबार बिहान पौने ८ बजे पोल्याङफेदीमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका - ६ भोर्लेटारका अन्दाजी २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । मोटरसाइकलमा सवार दिपेन्द्र विक गम्भीर घाइते भएका छन्। उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनापछि सख्त घाइते भएका दुवैजनालाई उपचारका लागि गण्डकी अस्पताल पोखरामा लगिएकोमा उपचारका क्रममा विवेक विकको निधन भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइते दिपेन्द्र विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बसका चालक विशाल गुरूङलाई नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.