प्रधानमन्त्री प्रचण्ड इटाली जाने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली जाने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघको कार्यक्रममा जान प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।
प्रचण्ड साउन ६ गते इटाली जाने तयारी थालेका छन्। भ्रमण टोली सानो बनाउने गृहकार्य थालिएको बालुवाटार स्रोतले जनाएको छ।
बैठकले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !
५