झापामा चोरीको भ्यान प्रहरी नियन्त्रणमा

झापामा चोरीको भ्यान प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

झापा : झापा प्रहरीले चोरीको एउटा इको भ्यान गाडी नियन्त्रणमा लिएको छ।
 
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोली मेची राजमार्गअन्तर्गत चारआली-भद्रपुर सडक खण्डबाट बेवारिसे अवस्थामा राखिएको मे१च २९८६ नम्बरको भ्यान नियन्त्रणमा लिएको हो। 

सडकबाट भ्यान बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले भ्यानमा उल्लेख भएको नम्बर यातायात कार्यालयमा गएर बुझेका थिए। 

यातायातले भ्यानमा उल्लेख भएको नम्बर अनुसार चेचिस र इन्जिन नम्बर नमिलेको जानकारी गराएपछि सो भ्यान चोरीको भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। नेपालमा २६ लाख रुपैयाँ पर्ने सो चोरीको भ्यानलाई २२ लाख रूपैयाँ मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी प्रहरीले भन्सार छलेर भित्र्याइएको २ लाख २२ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले मेचीनगरसहित जिल्लाका विभिन्न स्थानबाट लत्ताकपडा, चप्पल, सुपारी, रेनकोट, एसियन पेन्टलगायतको सामान बरामद गरेको थियो। बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.