महराष्ट्रमा पहिरो गएको ४ दिनसम्म ८२ जना बेपत्ता,२६ को मृत्यु

महराष्ट्रमा पहिरो गएको ४ दिनसम्म ८२ जना बेपत्ता,२६ को मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको महाराष्ट्रको इर्शलवाडी गाउँमा पहिरो गएको चार दिन बितिसक्दा पनि ८२ जना अझै बेपत्ता छन्। शनिबार भग्नावशेषबाट थप चार जनाको शव निकालेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

खोज र उद्धार अभियान जारी रहेको र स्थानीय टोलीसहित एनडीआरएफका चार टोली खोजी कार्यमा संलग्न छन्। यवतमाल जिल्लामा वर्षाका कारण बाढीमा फसेका ४५ जनाको उद्धार गर्न वायुसेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ ।

शनिबार गुजरातका धेरै सहरमा भारी वर्षा भएको थियो । नवसारीमा वर्षाका कारण एकजना बेपत्ता भएका छन् । 

वलसाड, भावनगर, देवभूमि द्वारका, दमन र दादरा नगर हवेलीका लागि रेड अलर्ट जारी गरिएको छ। अहमदाबाद, आनन्द, भरुच, बनासकांठा, साबरकन्ठा, अमरेली, जामनगर, गिर सोमनाथ र कच्छका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ। सुरेन्द्रनगर, दाहोद, जुनागढ, राजकोट, बोटाड, बडोदरा, सुरत र नवसारीका लागि एलो अलर्ट जारी गरिएको छ।

अर्कोतर्फ दिल्लीमा यमुना नदीको पानीको सतह फेरि बढेको छ । आइतबार बिहान ७ बजे पानीको सतह २०५ दशमलव ८१ मिटर मापन गरिएको थियो । शनिबार पानीको सतह खतराको चिन्ह (२०५ दशमलव ३३ मिटर) वरपर रहेको थियो । पानी घटेपछि घर फर्किएका अधिकांश शनिबार राहत शिविरमा फर्किएका छन् । दैनिक भास्कर
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.