कांग्रेसको केन्द्रीय समिति बैठक : आज सभापति र महामन्त्रीले जवाफ दिने

कांग्रेसको केन्द्रीय समिति बैठक : आज सभापति र महामन्त्रीले जवाफ दिने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूले उठाएका विषयमा जवाफ दिनेछन्।

 संसद्‍मा कांग्रेसको भूमिका, सरकारको गतिविधि र नागरिक सरोकारका विषय पनि छलफल गर्ने मुख्य एजेन्डा छन्। पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय अझै महत्त्वपूर्ण छ। तर, अधिकांश नेताले एजेन्डा भन्दा ‘गुटको बचाउ’मा समय खर्चिरहेका छन्।

संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई कमजोर पार्न नहुनेमा जोड दिइरहेका छन्। नक्कली शरणार्थी प्रकरणबारेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनीहरूले केन्द्रिय समितिले त्यसबारे थप निर्णय गर्नुपर्ने आवश्यकक्ता नरहेको जिकिर गरेका छन्।  

संस्थापन इतर पक्षधर नेताहरू भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पूर्वपक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखिरहेका छन्। उनीहरु नक्कली शरणार्थी प्रकरणको छानविनमा सहयोग गर्नुपर्ने तर्क गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू स्पष्ट रूपमा गुटमा बाँडिएर धारणा राखिरहेका छन्।

आइतबारसम्म केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्। केन्द्रीय सदस्यहरूले उठान गरेको विषय र सुझावको आज सभापति र महामन्त्रीले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिने कांग्रेसले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.