ओखलढुंगामा पहिरोले दुई घर भत्किए, दुईजना घाइते

ओखलढुंगामा पहिरोले दुई घर भत्किए, दुईजना घाइते
पहिरोले पुरिएका घरबाट माटो हटाउँदै नेपाली सेना तथा सुरक्षा निकाय । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ओखलढुंगा :  वर्षापछि गएको पहिरोका कारण सदरमुकाम ओखलढुंगामा दुई घरमा क्षति पुगेको छ भने तीन घर उच्च जोखिममा छन् । जिल्ला समन्वय समिति नजिकै गएको पहिरोले  सिद्धिचरण नगरपालिका- १२ स्थित खोरियामा पहिरो जाँदा  दुई घरमा क्षति पुगेको हो । घर माथिबाट पहिरो खस्दा सोमबहादुर खत्रीको साँढे ३ तले पक्की घरको बीच तलाको पछाडिको भाग भत्किएको छ भने पेशल खत्रीको ३ तले पक्की घरको पछाडि पट्टीको भाग भत्किएको छ । 

 पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका दुईजना सामान्य घाइते भएका छन् । पहिरोले १ करोड बढिको क्षति गरेको प्रहरीको अनुमान छ । बस्तीमाथि पहिरो खस्ने अरु संभावना रहेकाले अन्य तीन घर जोखिममा छन् । 

पहिरोले कोलबहादुर खत्रीको कुखुरा फर्म समेत पुरेको छ ।  उक्त फर्ममा १ लाख ५० हजार बढीको क्षति पुगेको जिल्ला प्रहरी  कार्यालयले जनाएको छ । पहिरो खसेर रमाइलोडाँडा जिसस सडक खण्डमा समेत क्षति पुगेको छ। 

पहिरो पन्छाएर सवारी सुचारु गराइए पनि पहिरोको जोखिम बढेको छ ।  पहिरोको जोखिममा परेका ३ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । आइतबार रातिदेखि परेको अविर वर्षका कारण ओखलढुंगाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने पहिरोको चपेटामा रहेका बस्तीहरुमा उच्च जोखिम भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.