लमजुङमा करेन्ट लागेर वृद्धको मृत्यु, अर्का एक घाइते

लमजुङमा करेन्ट लागेर वृद्धको मृत्यु, अर्का एक घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बेसीसहर : लमजुङमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । मर्स्याङदी गाउँपालिका -६ दिङदिङका ७३ वर्षीय लक्ष्मण अधिकारीको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । शुक्रबार बिहान करिब ९ बजे घरमा खाना पकाउने क्रममा ग्यास लिक भइ आगोलागी हुँदा आगो निभाउने क्रममा अचानक बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर वृद्ध अधिकारीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय र बाहुनडाँडा प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले केहि समयमै आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए । आगो निभाउने क्रममा स्थानीय ४२ वर्षीय दिलप्रसाद अधिकारी घाइते भएका छन् । उनको हातमा पोलेको र स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि लमजुङ अस्पताल बेसीसहर ल्याइएको छ ।

आगोलागीबाट अन्य क्षति नभएको बाहुनडाँडा प्रहरी चौकी प्रमुख असई रमेश श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.